Sunday, December 27, 2015

अख्तियार मागेको धरौटी बुझाएर सशस्त्र प्रहरीका तीन पूर्वप्रमुख छुटे

काठमाडौं, पुष १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेको झण्डै १० करोड धरौटी बुझाएर सशस्त्र प्रहरीका तीन पूर्व महानिरीक्षकहरु छुटेका छन् । छानवीनमा रहेका सशस्त्रका पूर्व प्रहरी महानिरिक्षकहरु शनदकुमार वस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र वासुदेव वलीलाई आज अख्तियारले हिरासतमा लिएको थियो । अनुसन्धानका लागि हिरासतमा लिने अथवा धरौटी बुझाउने भन्ने अख्तियारको सवालमा उनीहरुले धरौटी बुझाउने बताएका थिए। आइतबार कार्यालय समय सुरु हुनासाथ बस्नेत, श्रेष्ठ र ओली अख्तियार पुगेका थिए। दिनभरको बयानपछि अनुसन्धान टोली उनीहरू तीनै जनालाई हिरासतमा लिने निर्णयमा पुगेको थियो। तर कार्यालय समय सकिसकेकाले उनीहरुलाई धरौटी रकम बुझाउन धौ–धौ परेको थियो। सिटिजन्स बैंकले दिएको जमानत राखेपछि उनीहरु थुनामा बस्नबाट जोगिएका हुन्। अख्तियारले सनतकुमार बस्नेतसँग ८ करोड, शैलेन्द्र श्रेष्ठसँग १ करोड र बासुदेव वलीसँग ७० लाख धरौटी माग गरेको प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए।

मितिः २०७२।०९।१२ गते ।
————————–
सशस्त्र प्रहरी वलका पूर्व महानिरिक्षकहरु वासुदेव वली, सनद कुमार वस्नेत र शैलेन्द्र कुमार श्रेष्ठको धरौटी जमानत बारे ।
—————————————————————————-
हाल सम्म संकलित सवुद प्रमाण एवं सम्बन्धित व्यक्तिहरूको वयान समेतको प्रारम्भिक अनुसन्धानबाट सशस्त्र प्रहरी वलका पूर्व महानिरिक्षकहरू वासुदेव ओली, सनद कुमार वस्नेत र सैलेन्द्र कुमार श्रेष्ठले आफ्नो कार्यकालका विभिन्न आर्थिक वर्षहरुमा सामान खरीद गरी मातहतका युनिटहरुमा ढुवानी गरेको भनि झुठा विल भरपाई तयार गर्नुका साथै ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीहरूको विल समेत आफैले छपाई गरी, गर्न लगाई सामान ढुवानी गरेको देखाइ अस्वभाविक मूल्य राखी विल बनाई व्यापक आर्थिक अनियमितता गरेको खुल्न आएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १९ (४) वमोजिम पूर्व सशस्त्र प्रहरी महानिरिक्षकहरु; वासुदेव ओलीको हकमा रु. ७० लाख, सैलेन्द्र कुमार श्रेष्ठको हकमा रु. १ करोड र सनद कुमार वस्नेतको हकमा रु. ८ करोड धरौटी जमानत माग गरेकोमा निजहरूले उक्त रकम वरावरको वैङ्क जमानत दाखिला गर्न ल्याएकोले आज मिती २०७२।०९।१२ गते धरौटी जमानत लिई तारिखमा राखी थप अनुसन्धान कारवाही भैरहेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts