Thursday, December 24, 2015

डिपोमा जति ग्यास आउछ ती सबै पहिलोको आधारमा बाडिन्छन् : राजन नापित, भक्तपुर ग्यास व्यवसायी

नेपालमा पछिल्लो समयमा भारतले गरेको नाकाबन्दी पछि तहस नहस बनेको व्यापारीक क्षेत्र संगै भक्तपुरको मध्यपुरमा खुद्रा बिक्रेता ग्यास वितरक संघका अध्यक्ष समेत रहेका उनलाई सो पद अहिले घाडो भएको छ । चोक, बाटोमा हिड्दा होस वा बजारमा जुन सुकै बेला पनि ग्राहकहरुलेrajan napit ग्यास कहिले आउन्छ भनेर सोधेर हैरान पार्छन् कसै कसैले त धम्काउछन् पनि जसले गर्दा नैतिकरुपमा समस्या परेको बताउने नापितसंग समसामयिक व्यापारीक बिषयमा गरीएको संक्षिप्त कुराकानी  
तपाईले कहिले देखी व्यापारीक क्षेत्रमा प्रबेश गर्नु भयो ?
म पहिला कृषि बिकास बैकमा काम गर्थे अवकास लिए, छोरा अष्टे«लिया बस्ने भए पछि स परिवार उतै बस्ने कुरा चल्यो त्यै पनि मैले नेपालमा नै केही काम गर्ने सोच बनाए जस अनुरुप मैले १५ बर्ष अघि व्यपारीक क्षेत्रमा हात हाले । खुद्रा व्यापार संगै ग्यासको डिपोको पनि सुरुवाद गरे ।
सुरुवादी चरण र हालको परिवेशमा व्यापारीक अवस्था कस्तो पाउनु हुन्छ ?
सुरुमा मैले व्यापार गर्दा त्यतिखेर पनि समस्या चाहि नभएको हैन चुनौति थियो तर अहिलेको जस्तो साह्रै नाजुक र कठिन अमानविय अवस्थाको सामना गर्नु परेको थिएन । त्यसमा पनि अहिलोको नाकाबन्दीले झन समस्या थपेको छ । मरो अनुभवमा हाल सम्मकै नभोगेको अप्ठ्यारो अवस्थामा झेलीरहनु परेको छ तर प्रतिस्पर्धा हुनु स्वभाविक हुन्छ व्यापरमा जो अलि बढी छ ।
 यो नाकाबन्दीमा व्यापारीहरुले ग्यास मात्र हैन हर सामानमा कालो बजारी गरेको आरोप छ नी ?
मध्यपुरको हकमा यो कुरा सत्य छैन, पहिलो कुरा नाकाबन्दी पश्चात एक चोटी पनि ग्यास बेच्न नपाएका बिक्रेता छन् यहा, तीनले के को कालो बजारी गर्ने ? ग्यास आउछ, होलसेलरले नै लाइन लगाएर बेच्छन् हेर्नुस् हामीहरुको कामै छैन । हामी भन्छौ खुद्रा विक्रेताले बेच्न पाउनु पर्छ नियममा पनि त्यही छ तर यहा उल्टो हुदै छ । दोश्रो अन्य सामानहरुमा ढुवानी कसरी हुन्छ त्यसरी नै रेट निर्धारण हुन्छ बजारमा तेल कसरी आपुर्ति भएको छ सबैलाई थाहै छ त्यसैले बोकेको सामानहरु त हो नी अहिलेको बजारको । यसको नियमन गर्ने सरकारी निकाय छ अनुगमन गर्नु पर्यो, दोषिलाई कारवाही गरेर जनतालाई राहत दिलाउने काम सरकारको हो नी ? त्यो हुन सकेको छैन, खाली कालो बजारी भयो भन्ने मात्र ।
त्यसो भए व्यापारीहरु समस्या समाधान भन्दा पनि नाफामुखी भए हैन ?
त्यसो हैन कसरी समस्या सामाधान गर्नु बजार, टोल चोकमा हिड्दा पनि डाक्टरलाई समस्या पोखे जस्तो गर्दै छन् मान्छेहरु खाली ग्यास कहिले आउन्छ, किन ? कसरी ? भनेर सोधेर हैरान पार्छन् । कसैले त धम्काउछन् पनि तर के गर्नु हामीले संयमता अपनाउनु नै उत्तम विकल्प हो भन्ने लाग्छ । प्रत्येक ब्यक्तिसंग फेस गरेर पनि साध्य छैन त्यसैले मैले त ग्यास आउने ठेगानै छैन कति कराउनु सूचना लेखेर पसल र भित्तामा टाँसेको छु, ग्राहकलाई सजिलो होस भनेर । अर्को कुरा व्यापारमा नियमानुसार नाफा राख्नु कुनै अपराध त हैन नचाहिने पो गर्नु भएन ।
पल्लिोचरणमा स्थानीय सरोकारवालाहरु बिच समन्वय नहुदा ग्यास वितरणमा मनपरी भएको भनिन्छ नी ?
हामीले मध्यपुरमा नगरपालिका,प्रहरी प्रसासन र अधिकारकर्मीहरु बिच राम्रो समन्वय गरीरहेका छौ । सबैको समन्वय र सहयोगका कारण अरु ठाउ भन्दा कम विवादित पनि भएको छ । बजारमा कहिले काही नचाहिने हल्ला मात्रै चल्छ कस्लाई दोष दिनु भन्या ।
जति ग्यास आउछ ती सबै बाडीन्छन् त बजारमा ?
झन्डै डेढ सय ग्यास पसलहरु छन् यहा ती सबैका ग्राहक भनेका स्थानीय हुन् । स्थानीयलाई त ग्यास पुगेको छैन भने बाहीर त लाने संभावना नै भएन तर पहिला ग्यास आउनु पर्यो नी ? माथीबाट पठाई नै दिदैन के गर्नु ? आएको बाडीन्छन् र एक एक रेकर्ड राखेर पठाउनु पर्छ यसमा त तलमाथि हुने चान्सै छैन । यदी कहि कतै त्यसो भएको कसैले थाहा पाएमा हामीलाई खवर गर्नुहोस हामी नियम अनुसार कार्यवाही गर्न सहयोग गर्ने छौ ।
 अब उपभोक्ताले ग्यास कहिले पाउछन् ?
मैले ग्यास विक्रेताको काम गर्न थालेको १५ बर्ष जति भयो अहिले सम्म यस्तो विकराल समस्या भोगेको थिएन । यो संकट समग्र देशकै हो, उपभोक्तले आफ्नो मात्रै नसोचौ यस्तो विपतको अवस्था नै भनौ न यस बेलामा सक्दो आपसी सद्भाव कायम राखौ । जे छ जति छ त्यसलाई किफायती तवरले प्रयोग गरौ, ग्यास इन्धनको विकल्पहरु पनि खोजौ । दैनिक जीवन हामी सबैको असहज भएको छ यो परिस्थिती ढिलो या चाडो हट्नेछ र हामी पनि उपलब्ध भएको ग्यास पहिलो आउनेलाई पहिलो प्राथमीकताका आधारमा टोकन सिस्टमबाटै पारदर्सि भएर वितरण गर्नेर्छौ, अध्यक्षको हैसियतले मेरो यो प्रतिवद्धता पनि जनाउद छु, तपाईको यो प्रसिद्ध मिडीया मार्फत ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts