Sunday, November 15, 2015

प्रधानमन्त्रीको सम्बोधन-‘नाकाबन्दी खोल्न भारतलाई आग्रह’

काठमाडौं,कातिक २९ । सत्तारोहण गरेको एक महिना पछि प्रधानमन्त्री केपी शर्माले देशवासीका नाममा गरेको सम्बोधन गरेका छन् । संविधान जारी भएपछि पहिलो पटक आइतबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानको विषयमा सबैले गौरव गर्न सक्ने अवस्था रहेको बताउदै १ दशक लामो संक्रमणकाल समाप्त भएको र राजनीतिक समस्या समाधान भएको बताएका छन् ।

संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्रीकोरुपमा देशका नाममा संवोधन गर्न पाउँदा आफू गौरवान्वित भएको भन्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारसँग जनताको अपेक्षा पुरा गर्न पूर्ण समर्पित रहेको प्रधानमन्त्रीले बताए । उनले नेपालको आन्तरिक विषयलाई लिएर भारतले गरेको नाकाबन्दीले नेपालमा विरामी, विद्यार्थी, भूकम्प पीडित धेरै मर्कामा परेको बताए । सार्वभौम राष्ट्रमाथि भारतले गरेको नाकाबन्दीले नेपालको अन्तर्राष्ट्रिय कानुन उल्लघंन भएको बताए । उनले नाकाबन्दीका कारण सामान्य संहिता समेत उल्लंघन भएको आरोप लगाए ।संविधानमा विभेद भएको भन्नु संविधान अपव्याख्या भएको बताएका उनले सीमानाकामा भएको अवरोध अन्तर्राष्ट्रिय सन्धी विपरीत भएको आरोप लगाए ।
चीन र भारत तथा मित्र राष्ट्रहरुसँग संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार सद्भाव र सहिष्णुतापूर्ण सम्बन्ध नेपालले राख्ने बताएका उनले नेपाल आफ्नो भू–राजनीति प्रति सचेत रहेको बताए । राष्ट्रिय स्वाभिमानमा आँच आउन नेपालले नदिने र यसमा अन्य मुलुकले पनि ख्याल गर्नुपर्ने उनको सम्बोधनमा उल्लेख भएको छ । भारत–नेपालबीच आपूर्ति समस्याले दुई देशबीचको सम्बन्धमा चिसोपना बढेको भन्दै नाकाबन्दी खोल्न भारतलाई आग्रह गरे । दुई देशबीच भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका उनले नेपालको समुद्रसम्मको पहुँच रहने अधिकार हनन् भएको बताए । नेपाल मानव अधिकार रक्षा गर्न तयार रहेका पनि बताए ।
अग्रिम भुक्तानी लिएर पनि पेट्रोलियम पदार्थ समेत नदिने भारतीय आयल निगमप्रति पनि ओलीले आक्रोश ब्यक्त गरे । उनले आन्दोलन त्याग्न मधेशी मोर्चालाई आग्रह गरे ।आवश्यकताका आधारमा प्रादेशिक सीमा परिमार्जित गर्न सकिने ओलीको भनाइ छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख दिने सरकारको निर्णय रहेको सुनाएका उनले घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना गरे । आफ्नो सम्बोधन कुनै देशको विरोधका लागि नभएको स्पष्ट पारेका प्रधानमन्त्री ओलीले काठमाडौंमा विद्युतीय रेल निर्माणको काम थालिने बताए । जग्गा बाँझो नराख्ने नीति अवलम्बन गरिने बताए ।
पुनर्निर्माण गर्दा वातावरणको ख्याल गर्ने र भूकम्प पीडितलाई दिइने दुई लाख रुपैयाँको पहिलो किस्ता तत्काल उपलब्ध गराउने जानकारी दिए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts