Thursday, November 5, 2015

एसएलसी अर्थमन्त्रीले थेग्लान अर्थतन्त्रका चुनौती ?

काठमाडौं,कातिक २० । सरकार निर्माण भएको ३ सातापछि बल्ल देशले अर्थमन्त्री पाएको छ । मुलुककै ढुकुटीको जिम्मेवारी कसले लिने भनेर व्यग्र प्रतीक्षा भइरहेका बेला बिहीबार एमाले उपमहासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

एसएलसीमात्र पास पौडेल पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्रका रुपमा चिनिन्छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणलगत्तै अर्थ मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै उनले चुनौतीका चाङलाई पन्छाएर मुलुकलाई समृद्ध बनाउने दाबी गरे ।

वर्तमान सरककारको मात्रै नभई संविधान निर्माणपछि सबै राजनीतिक दलको मुख्य एजेन्डा संवृद्धि रहेको भन्दै उनले राष्ट्रको कार्यसूची सरकार, निजी क्षेत्र, सामूहिक क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको संस्थागत सहभागिताबाट पार लगाउने दाबी गरे, आजको कारोबार दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts