काठमाडौं,कातिक ३० । व्यक्तिगत कामको सिलसिलामा हङकङ उडेका सरकारका वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन सुटुक्क बेइजिङ पुगेको मन्त्रालयसम्बद्ध स्रोतले बताएको छ । गत २४ गते मगलबार राति ११:२० बजे ड्रागन एयरको नियमित उडानमार्फत त्रिभुवन विमानस्थलबाट हङकङ उडेका मन्त्री पुन सुटुक्क चीनको राजधानी बेइजिङ पुगेका हुन् । स्रोतका अनुसार चीनको राजधानी बेइजिङमा चिनियाँ पक्षसँग इन्धन आपूर्ति सम्झौता गर्न मन्त्री पुन बेइजिङ पुगेको वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध स्रोतको दाबी छ ।
स्रोतका अनुसार मन्त्री पुनसँग व्यापारी नरेन्द्र उलक र गुरुङ थरका एमाओबादिका पुर्व सभासद सहित ५ जनाको टोलि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हङकङ प्रस्थान गरेको हो । काठमाडौंबाट हङकङ उडेको मन्त्री पुनको टोली हङकङबाट बेइजिङ पुगेर अहिले चिनियाँ सरकारका प्रतिनिधि र पेट्रो चाइनाका अधिकारीहरुसँग छलफलमा व्यस्त रहेको स्रोतले बतायो ।
त्यसो त वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन बेइजिङ गएको विषयमा मन्त्रालयकै अधिकारीहरु समेत अनभिज्ञता व्यक्त गर्छन् । उक्त विषयमा मन्त्रालयबाट आधिकारिक जानकारी लिनखोज्दा मन्त्रालयका प्रवक्ता सहसचिव शम्भु घिमिरेले उक्त विषयमा आफूलार्ई जानकारी नभएको बताए । उनले भने, ‘मन्त्रीज्यू हङकङ जानुभएको भन्ने हल्ला सुनेको छु, तर त्यो विषयमा आधिकारिक रुपमा मलाई जानकारी दिइएको छैन ।’ आजको आर्थिक दैनिकमा मदन भण्डारीले खबर लेखेका छन् ।
No comments:
Post a Comment