Saturday, November 7, 2015

नेपाल नीति बारे आफ्नै पार्टीले बिरोध गरेपछि मोदी ‘यता न उता’ !

काठमाडौँ, २१ कात्तिक । भारतले नेपालमा लगाएको नाकाबन्दीको नेपाल र भारत भित्रै चर्को विरोध र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी पनि यसको विपक्षमा आफ्नो दृष्टिकोण सार्वजनिक गरेपछि मोदी थप तनावमा परेका छन । भारतीय मिडियाहरुका अनुसार मोदीले नाकाबन्दी गरेपछि त्यसको देश विदेशमा चर्को विरोध भइरहेको छ भने स्वयं मोदीको दल पनि यसको विपक्षमा उभिएको छ ।hindu

नेपालको पछिल्लो कदम प्रति मोदीको दल भारतीय जनता पार्टीमा उनको आलोचना सुुरु भएको छ । भारतीय चर्चित अंग्रेजी दैनिक द हिन्दुले भनेको छ, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह तथा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का वरिष्ठ अधिकारी सहितका नेताहरु बीच नेपालको पछिल्लो घटनाक्रम, भारतले गरेको नाकाबन्दी लगायतका विषयमा छलफल भएको छ ।

शुक्रबार भएको उक्त बैठकमा आरएसएसले भारत सरकारले नेपालसँग गरेको पछिल्लो कुटनीतिक व्यवहारप्रति गहिरो चासो व्यक्त गरेको छ । उच्च स्रोतको हवाला दिदै पत्रिकाले भनेको छ, पार्टी र सरकारको पूरै ध्यान बिहारको चुनावमा केन्द्रित भएको र मधेसीको नाकाबन्दीको परिस्थितिको गलत ढंगले प्रयोग भइरहेको छ ।

पत्रिकाका अनुसार, दुवै देशबीच द्विपक्षीय सम्वादको अभावका कारण परिस्थिति अनावश्यक रुपमा गम्भीर मोडमा पुगेको भारतीय जनता पार्टी तथा आरएसएसका अधिकारीहरुले निष्कर्ष निकालेका छन् । बैठकमा बिजेपी र आरएसएसबीचको संयोजनकारी भूमिकामा रहेका आरएसएसका प्रमुख सहमहासचिव समेत उपस्थित थियो ।

आरएसएसको नेपाल शाखाका प्रतिनिधि, हिन्दु स्वयंसेवक संघका वेदप्रकाश, भारतीय जनता पार्टीका नेपाल हेर्ने प्रमुख अमित कुमारको पनि छलफलमा सहभागिता थियो । यसैगरी, नेपालका प्रधानमन्त्री केपी ओलीले भारतले नेपालविरुद्ध अमानवीय व्यवहार प्रदर्शन गरेको समाचारलाई पनि भारतका अधिकांश मिडियाले प्रमुखताका साथ छापेको छ ।

भारतका चर्चित अधिकांश पत्रिकाहरु द्य स्टेटस्म्यान, हिन्दुस्तान टाइम्स, भाष्कर दैनिक, नवभारत टाइम्स, इन्डियन एक्सप्रेसलगायतले प्रधानमन्त्री ओलीको भनाइलाई प्राथकिताका साथ सम्प्रेषण गरेको छ । ती पत्रिकाहरुका अनुसार ओलीले नाकाबन्दीको चर्को आलोचना गरेको उल्लेख गरेका छन् ।

उनले भूकम्पले थिलथिलो भएको नेपालमाथि भूपरिवेष्डित मुलुकहरूको अधिकारसमेत उल्लंघन हुने गरी भएको नाकाबन्दी मानवताविरुद्धकै कार्य भएको पत्रिकाहरुका जनाइएको छ । प्रधानमन्त्री ओलीले ‘असली छिमेकी’ भन्दै व्यंग्य समेत गरेको पत्रिकाहरुमा जनाइएको छ ।

शान्ति प्रक्रिया र नेपालको मानवअधिकारको विषयमा भारतले संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी सम्मेलनमा उठाएको प्रश्नबारे पनि ओलीले कडा टिप्पणी गरेको पत्रिकाहरुमा जनाइएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार ‘खाना दिएर घांटी अठ्याउने छिमेकी’ भन्दै व्यंग्य गरेका थिए ।

Source:onlinepatrika.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts