एजेन्सी,मंसिर ७ । १२ वर्षपछि अर्जेन्टिनामा सत्ता उल्टिएको छ । राष्ट्रपति चुनावमा कन्जरभेटिभ पार्टीका माउरिसियो माक्री विजयी भएसँगै पेरोनोइस्ट पार्टीको १२ वर्षे शासन अन्त्य भएको हो ।
लगभग सबै भोटहरु गणना भइसक्दा माक्रीले सत्ताधारी पार्टीका उम्मेदवार डेनियल सिओलीलाई पछाडी पारेका हुन् । माक्रीको पक्षमा ५१।५ प्रतिशत र सिओलीको ४८।५ प्रतिशत भोट खसेको छ । सत्तारुढ पेरोनोइस्ट पार्टीका नेता ड्यानियल सिओलीले आफ्नो हार स्वीकारेका छन् ।
माक्री हाल बुयनोस एयर्सका मेयर हुन् । पहिलो चरणको मतदानमा सिओलीबाट पराजित भएका उनका लागि यो ठूलो ‘टर्नअराउन्ड’ थियो ।
बुयनोस एयर्स प्रान्तका गभर्नर सिओलीले सोझै विजेता बन्नका लागि आवश्यक संख्यामा अग्रता लिन नसक्दा देशको इतिहासमा पहिलोपटक दोस्रो राउण्डको मतदान भएको थियो । अर्जेन्टिनाका धनाढ्यका छोरा माकरी राजनीतिमा प्रवेश गर्नुअघि लामो समय व्यापारिक कारोवारमा संलग्न थिए ।
No comments:
Post a Comment