Sunday, November 15, 2015

कांग्रेसले मधेसका मुद्दामा अग्रसरता लिने

काठमाडौं,कातिक ३० । ब्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले तराई–मधेसमा भइरहेको आन्दोलन सम्बोधन गर्न अग्रसरता लिने भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा भएको कांग्रेस पदाधिकारी बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गरी तराई–मधेसको समस्या समाधान गर्ने बारेमा छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्य महेश आचार्यले बताए । ‘तराई–मधेसको समस्या समाधानका लागि संसद्को आगामी बैठकमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने विषयमा वातावरण बनाउन प्रयत्न गछौं,’ उनले भने । कान्तिपुर दैनिकमा समाचार छ ।

समस्या समाधानका लागि कांग्रेसले शनिबार मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेको जानकारी गराउँदै उनले आन्दोलनका माग सम्बोधन गर्न कांग्रेस शीर्ष नेताले सत्ता पक्षका नेतासँग पनि औपचारिक– अनौपचारिक छलफल गरिरहेको बताए ।

मोर्चाले उठाएको सीमांकनको विषयसम्बन्धी विषयमा पनि व्यापक राजनीतिक सहमति जुटाउने प्रक्रियाको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने बारेमा छलफल भएको र त्यसका लागि अन्य पार्टीसँग पनि छलफल गरेर संविधान संशोधनको प्रस्ताव अघि बढाइने केन्द्रीय सदस्य आचार्यको धारणा थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts