काठमाडौं,कातिक १९ । समुह इ मा रहेको डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले बेइट बोरेसोभलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबल नकआउट चरण नजिक पुगेको छ । बुधबार राति भएका खेलमा बार्सिलोनाले बेइट बोरेसोभलाई ३–० ले हराएर नकआउट चरणमा छनौट हुने सम्भावना बलियो बनाएको छ । ३० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गरी नेइमारले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
६० औं मिनेटमा लुइस स्वारेजले बार्सिलोनाको अग्रता दोब्बर पारे । ८३ औं मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले विजयी भयो । चार खेलबाट १० अंक जोडेको बार्सिलोना समुह इको शीर्ष स्थानमा छ । चार खेलबाट तीन अंक मात्रै जोडेको बेइट बोरेसोभ समुहको पुछारमा छ । समुह इ अन्तर्गतनै बुधबार राति भएको खेलमा सिरी ए क्लब रोमाले बुन्डेस लिगा क्लब बार्यर लेभरकुसनलाई ३–२ ले हराएको छ । चार खेलबाट पाँच अंक जोडेको रोमा दोस्रो तथा चार खेलबाट चार अंक नै जोडेको बार्यर लेभरकुसन तेस्रो स्थानमा छ ।
No comments:
Post a Comment