एजेन्सी – संघर्षबिनाका सफलता र कमजोर आधारमा ठड्याइएका वस्तुहरुको भर हुँदैन । जतिबेला जे पनि हुन सक्छ । सन्दर्भ बलिउड अभिनेत्री क्याट्रिना कैफको हो ।हिन्दी भाषा नबुझ्ने क्याट्रिना बलिउडमा फिल्म खेल्ने सपना बोकेर बम्बई छिरेकी थिइन् । त्यो सपना उनका लागि साँच्चै महँगो पर्न थाल्यो । अनेक उल्झनका बावजुद उनले ‘साया’ फिल्ममा अभिनेत्रीको भूमिका पाउने भइन् ।
फिल्मका निर्माता महेश भट्टले उनलाई अभिनेत्रीको रुपमा हस्ताक्षर पनि गराए । उनको खुशीको सिमा रहेन । तर, खुशी किन दिगो हुन्थे र ? कतिका खुशी सपना पुुरा गर्दासम्म टिक्लान् ! तर, क्याट्रिनाको खुशी सपना पुरा गर्न नपाउँदैमा टुक्रियो ।
अभिनेत्री बन्ने पक्का भएर हस्ताक्षर गरिएको पनि फिर्ता भयो । उनी सम्झिन्छिन्,‘मलाई त्यतिबेला हिन्दी फिटिक्कै आउँदैनथ्यो । मलाई याद छ, फिल्मको निर्देशन अनुराग वसुले गरेका हुन् । मलाई महेश भट्टले एकदिन बोलाउनु भयो । त्यसपछि उहाँले तिमी फिल्मको हिरोइनको रुपमा त्यति फिट भएनौ । तिमीलाई हटाउन हामी बाध्य छौं ।’
‘त्यसपछि म घर आएर खुब रोएँ ।’ क्याट्रिनाले अगाडी थपिन्,‘मलाई निराशाले यतिसम्म गाँज्यो कि त्यतिबेला लाग्यो मेरो जिन्दगी यति नै रहेछ । आज नै मेरो जीवनको अन्त्य हो । तर, त्यो दिन जिन्दगीको अन्त्य रहेनछ । जिन्दगी चल्दै गयो । मलाई लाग्छ कि यो मेरो नियति हो । मेरो विचारमा भाग्यले त्यतिबेला ठूलै सम्झौता गरेछ ।’
-setopati.com
No comments:
Post a Comment