Thursday, October 15, 2015

पपुवा न्युगिनी ९ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं, असोज २८ । यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपाललेनेपालले विजयी सुरुवात गरेको छ । बिहीबार बिहान भएको पहिलो खेलमा नेपालाले पपुवा न्युगिनीलाई ९ विकेटले हराउँदै शानदार जित निकालेको हो । मलेसियाको किन्रारा ओभलमा सम्पन्न खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीलाई २८ ओभर दुई बलमै ‘अल आउट’ गर्दै ४८ रनमा समेटेको थियो ।

पपुवा न्युगिनीले प्रस्तत गरेको ४९ रनको लक्ष्य नेपालले मात्रै ९ दशमलव १ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सुनिल धमलाले नटआउट २४, योगेन्द्र सिंह कार्कीले नटआउट १६ तथा सन्दीप सुनारले चार रन बनाए । पपुवा न्युगिनीका ज्याक दैरीले एक विकेट लिए ।

पपुवा न्युगिनीलाई सस्तैमा समेटन् नेपालका सुनिल धमलाले पाँच, आरिफ शेखले चार तथा सुशील कँडेलले एक विकेट लिए । पपुवा न्यु गिनीका नोउ टोअले ११ तथा लिहिअ गुबाले १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, युगान्डा, अमेरिका र आयरल्याण्ड सहभागी छन् । छनौट प्रतियोगिताको विजेताले अर्को वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ । नेपालले शुक्रबार युगान्डासँग खेल्नेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts