Sunday, October 25, 2015

चीनबाट तेल ल्याउने प्रक्रिया ५ दिनमा पूरा हुन्छ- राजदूत मास्के

मास्केले पाँच दिनभित्र औपचारिक रुपमा चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने प्रक्रिया पूरा हुने बताएका छन् ।
 राजदूत मास्केले दुई सरकारका प्रतिनिधिबीच छलफल र वार्ता चलिरहेकाले केही दिनभित्रै औपचारिक रुपमा इन्धन आपूर्तिको प्रक्रिया सम्पन्न हुने जानकारी दिए। यसका लागि केही दिनमै नेपाल आयल निगमका प्रतिनिधिसहितको टोली बेइजिङ जान लागेको उनले बताए।
तत्काललाई चीनले अनुदानमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन लागेको पुष्टि गर्दै उनले भने, ‘सोमबार र मंगलबार गरेर रसुवाको केरुङ नाका हुँदै चीनबाट एक हजार दुई सय मेट्रिक टन इन्धन नेपाल ल्याइनेछ।’
संविधानमा असन्तुष्टि जनाउदै भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीका कारण उत्पन्न इन्धन संकट समाधानका लागि सरकारले वैकल्पिक व्यवस्थाअनुसार चीनबाट इन्धन आयात गर्न लागेको हो।
-setopati

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts