Wednesday, October 14, 2015

म्याच फिक्सिङ गोप्य राख्न गणेश थापाले पशुपतिनाथको कसम खुवाएको खुलासा !

काठमाडौं,असोज २७ । नेपालको राष्ट्रिय फुटबल टोलीले अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेकोबारे तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई जानकारी भए पनि उनकै निर्देशनमा गुपचूप राखिएको खुलासा भएको छ । गणेश थापा हालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको भाइ हुन् । एन्फामा रहँदा भ्रष्टाचारको अभियोग खेपेका गणेश थापा अवकाशपछि राप्रपा नेपालबाट सिफारिस भइ समानुपातिक सांसद बनेका छन् । मलेसियाको क्वालालम्पुरमा फिलिपिन्ससँग भएको एक औपचारिक खेलमा नेपालका केही खेलाडीहरुले म्याच फिक्सिङ गरेको चर्चा चलेको थियो । भारतको नयाँदिल्लीमा सन् २०११ मा भएको साफ च्याम्पियनसिप फुटबल खेल्नु अघिको कुरा हो यो । त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बेलायतका ग्राहम रोबर्टस् थिए ।

सोही समयमा नेपाली टोली तयारीका लागि फिलिपिन्सको मनिला र मलेसियाको क्वालालम्पुर गएको थियो । नेपालले खेलेको खेल शंकास्पद भएको र नेपाली खेलाडीहरु म्याच फिक्सिङ गराउने विदेशी एजेन्टसँग सम्पर्कमा रहेको भनेर केही अन्तराष्ट्रिय मिडियामा आएको थियो । यद्यपी कुन देशसँगको खेलमा मिलेमतो भयो भन्ने यकिन भने गरिएको थिएन । त्यसलगत्तै एन्फा अध्यक्ष गणेश थापाले खेलाडीहरुसँग गोप्य बैठक राखेर यो कुरा कतै खुलासा नगर्न कडा निर्देशन दिएका थिए ।

उनले पशुपतिनाथको कसम खुवाउँदै चुपचाप बस्ने र कतै पनि कुरा नचुहाउने बाचा गराएका गोप्य बैठकमा सहभागी खेलाडीहरु बताउँछन् । प्रहरी स्रोतका अनुसार नेपाली खेलाडीहरुसँग मिलेमतो गर्दा डलरमा सौदाबाजी भएको खबर डवलीमा समाचार छ । तर, रकमबारे भने प्रहरीले अझै सार्बजनिक गरिसकेको छैन । कप्तान सागर थापा लगायतका खेलाडी र प्रशिक्षक अन्जन केसी लगायतलाई बुधबार थापाथलीबाट पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ‘यो देशद्रोह हो त्यसैले पक्रेका हौं । भोलि पत्रकार सम्मेलन गरी सार्बजनिक गर्छौं, महानगरीय अपराध महाशाखाका काठमाडौं प्रमुख सर्वेन्द्र खनालले भने-‘राष्ट्रिय/अन्तराष्ट्रिय खेलमा मिलेमतो भएको पाइएको छ ।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts