Friday, October 16, 2015

नेपालकै पहिलो महिला सभामुखमा ओनसरी घर्ती सर्वसम्मतले निर्वाचित

काठमाडौं, असोज २९ । व्यवस्थापिका संसदको सभामुखमा एकीकृत नेकपा माओवादीकी ओनसरी घर्ती सर्वसम्मतले निर्वाचित हुनुभएको छ । घर्ती नेपालकै पहिलो महिला सभामुख बन्नुभएको छ ।  नेमकिपाले सभामुखमा अनुराधा थापा र उपसभामुखमा डिल्लीप्रसाद काफ्लेलाई उम्मेदवार बनाएको थियो । प्रतिपक्षी दल कांग्रेसले पनि सभामुखमा घर्ती र उपसभामुखमा यादवको पक्षमा मतदान गर्ने निर्णय गरेपछि नेमकिपाका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका थिए ।

नवनिर्वाचित सभासद घर्ती यसअघि संसद्को उपसभामुख तथा संविधानसभा उपाध्यक्ष थिइन् । रोल्पा क्षेत्र नं २ बाट संसद्मा प्रत्यक्ष निर्वाचित घर्ती माओवादी जनयुद्धमा १० वर्ष भूमिगत राजनीति गरेकी थिइन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts