Sunday, October 11, 2015

सुशील कोइराला प्रधानमन्त्रीमा उठ्नुमा यस्तो रहेछ कारण

काठमाडौं, असोज २५ । संविधान निर्माणमा आफनो सहभागिता नपाएर बिच्किरहेको भारत सरकार निर्माणमा भूमिका खेलेर आफ्नो ‘इगो मेन्टे्न’ गर्न चाहन्थ्यो । त्यसैले राजदूत रञ्जित रे मात्र होइन ‘र’का पूर्व स्पेसल सेक्रेटरी एबी माथुर र वर्तमान प्रमुखले नेपालको प्रधानमन्त्री चुनावमा सक्रियता देखाए । उनीहरुले नै बुहमत पुर्‍याइदिने प्रतिबद्धता व्यक्त गरेपछि सुशील कोइराला उम्मेदवारका रुपमा अघि सरे ।

सुशील कोइरालालाई रिपोर्टिङ गरिएको थियो, ‘एमाओवादी टुक्रने निश्चित छ । राप्रपा र राप्रपा नेपालले सिंगै कांग्रेसको पक्षमा भोट नहाले पनि ती टुक्रन्छन् ।’ यसरी बहुमत पुग्छ भनेर विश्वस्त गराइएपछि कोइराला अघि सरे ।

महत्वपूर्ण परिघटनामा राष्ट्रपति सधै सक्रिय हुँदै आएका छन् । यसपालि प्रधानमन्त्री चुनावमा पनि उनी निरपेक्ष बस्न सकेनन् । राष्ट्रपतिले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई शीतलनिवास बोलाएर दाबेदारी नछाड्न अनुरोध गरे र सुशील कोइरालालाइ अघि सर्न उत्साही बनाए । आजको नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts