Friday, October 16, 2015

बल्ल जुर्यो ओलीको बालुवाटार जाने साईत

भक्तपुर,असोज २९। प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार जाने भएका छन् । असोज २४ गते प्रधानमन्त्री भएपछि पनि ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए।

असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओली ५ दिनपछि सरकारी निवासमा सर्न लागेका हुन्। पूर्वप्रधानमन्त्री सुशील कोइराला सरेपछि रंगरोगन तथा सरसफाइ एव‌ सजावटका सबै काम सकिएको छ। कोइरालाले मंगलबार बेलुका बालुवाटार छोडेका थिए। आज संसद् भवनमा हुने सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि सिधै बालुवाटार जाने कार्यक्रम छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts